काठमाडौं । भारतबाट एक अनौठो घटना बाहिरिएको छ । एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखी पेन्सन बुझेको खुल्न आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कोलकाताका शुभव्रता मजुमदारले आमाको नाममा सरकारले पेन्सन दिने भएकाले त्यही पेन्सन बुझ्नको लागि औँठा छाप प्रयोग गर्न शवलाई फ्रिजमै राखेका हुन् ।
उनले आमाको शव सड्नबाट जोगाउन केमिकल प्रयोग गरेको समाचारमा जनाईएको छ । प्रहरीले उनले मृत आमाको पेन्सन खान यो जुक्ति लगाएको बताए पनि उनले भने मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।
उनले यसरी मृत आमालाई फ्रिज भित्र राखेको थाहा पाएर यस्तो हर्कत गरेको थाहापाए पछि एक जना छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अहिले उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
उनकी आमा सन् २०१५ अप्रिलमा निधन भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कहीँ कतै फैलाएका थिएनन् । त्यसपछि उनले लगातार तीन बर्ष सम्म हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । उनले मासिक ३० हजार रुपैयाँ पेन्सन पाउँथिन् ।
उनका ९० बर्षका बुवा जिवितै भए पनि उनको स्वास्थ्य अवस्था नाजुक रहेका कारण केही गर्न सकेनन् र प्रहरीले पनि पक्राउ गरेको छैन ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया