नेपाली सेनामा बढुवाः २४ जना महासेनानी र ६६ जना प्रमुख सेनानी सिफारिस

काठमाडौं । नेपाली सेनाका २४ जना प्रमुख सेनानी महासेनानी र ६६ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा सिफारिस भएका छन् ।

रिक्त पदमा पदोन्नती सिफारीस गरेको हुंदा जानकारीका लागी ७ दिने सैनिक सचिव सहायकरथी विनय विक्रम राणाले सुचना प्रकाशित गरेका हुन् । साथै सेनाले बढुवाको लागी बलाध्यक्षरथी गौरव तण्डुलको अध्यक्षतामा बोर्ड गठन गरेको थियो । उक्त बोर्डमा उपरथीहरु सिताराम खड्का, गोकुल भण्डारी सदस्य र सुर्वण शाह सदस्य सचिव रहेको जनाइएको छ ।

उक्त समितिले गरेको सिफारिसमा महासेनानीमा बढुवा सिफारिस हुनेमा प्रमुख सेनानीहरु चुलेन्द्र बहादुर थापा,सुरुज गुरुंग, युवराज कार्की र अनुप अधिकारीलगायत छन् । भने महासेनानी र प्रमुख सेनानीमा बढुवा सिफारीस भएकाहरुलाई २०७७ सालमा रिक्त हुन आउने पदअनुसार बढुवा गर्ने तयारी रहेको जनाइएको छ ।

त्यस्तै सैनिक सेवा नियमावली २०९७ को संसोधित नियम ४४ को १ मा बढुवा समितिको सिफारीस चित्त नबुझेमा सैनिक अधिकारीले बढुवा निर्णय भएको मितिले सात दिन भित्र आफु बढुवामा समावेश हुनुपर्ने स्पष्ट आधारसहितको निवेदन सैनिक सचिव विभागमा दिन सक्ने अधिकार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?