काठमाडौं । राष्ट्रपति भण्डारीद्वारा देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको समयमा अहोरात्र खटिएकाको योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेकी छिन् ।
रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भए तापनि रोग लागेका खण्डमा बिरामीको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै धन्यवाद व्यक्त गरेकी हुन् ।
यस्तो महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, नर्स, समग्र स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको धैर्यको उच्च सम्मान गर्दै राष्ट्रपति भण्डारीले भनिन् ‘तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ।’
विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा शुक्रबार साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया