सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने प्रक्रिया रद्द गर्‍यो

काठमाडौँ । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ ।

सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सेनालाई स्वास्थ्य सामग्री दिइएपछि यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको बताए । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’
सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?