हेर्नुहोस् २०७६ साल चैत्र २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २२ गते । शनिवार । इ.स.२०२० अप्रिल ०४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– एकादशी,१८ बजेर ०० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अश्लेषा,१२ बजेर ५५ मिनेट उप्रान्त मघा । योग– धृति,०६ बजेर २१ मिनेट उप्रान्त शूल,२७ बजेर ४० मिनेट उप्रान्त गंड ।

करण– वणिज,०६ बजेर ५६ मिनेट उप्रान्त भद्रा,१८ बजेर ०० मिनेट उप्रान्त बव । आनन्दादिमा मानस योग । चन्द्रराशि–कर्कट,१२ बजेर ५५ मिनेट उप्रान्त सिंह ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५३ मिनेटमा, सूर्यास्त १८ बजेर २२ मिनेटमा । दिनमान ३१ घडी १३ पला । कामदा एकादशीव्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ ।

माया प्रेमको गाठो सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । विहानको समय मध्यम रहेकोले काम बिग्रने तथा आलोचना हुनेछ । सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अन्य व्यावसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला ।

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । विहानको समय राम्रो रहेकोले माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । परिवारका साथ रमाईलो गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर काम गर्न सकिनेछ ।

भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विहानको समय मध्यम रहेकोले आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ ।

खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्याआई कामहरु प्रभावित हुनेछन् ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मन परेको बस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीकोईइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

तरपनि सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

पढाईले खाईमा मन जानेछ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्ममा मन जानेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ ।

राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । विहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विहानको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ।

माया प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ ।

पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना विवादहरु साम्य हुनेछन् । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ ।

माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?