अरनिको युवा क्लवको नयाँ कार्य समिति चयन

-किशोर तामाङपुनर्वास,२२ माघ -कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. २ अरनिकोबस्तीमा अरनिको खेलकुद विकास समितिले नयाँ कार्य समिति पाएकोे छ अरनिको खेलकूद विकास समितिको खेलमैदानमा उपस्थित आम भेलाले नयाँ कार्य समिति चयन गरेको हो आठ बर्षदेखि क्लबका अध्यक्षता गरिरहेका कमिटिका अध्यक्ष जित बहादुर तामाङ कञ्चनपुर जिल्ला फुटबल संघको उपाध्यक्ष भए पश्चात सो स्थान रिक्त हुन पुगेको थियो । आफुले क्लबको अध्यक्षता सम्भाल्दै आएकोमा अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने मनसाय रहेको बताउदै क्लवको आर्थिक पारदर्शिता र आफ्नो क्लव प्रति अभिभावकको भुमिका सधै रहने अध्यक्ष जित बहादुर तामाङले त्यस अवसरमा बताएका थिए । उनले आजै औपचारिक रुपमा कार्यभार हस्तान्तरण गरेका छन् ।कार्य समिति चयन गर्नका लागि बुद्धिजिवी तथा समाजसेवी राजकुमार तामाङ,मङगबिर तामाङ र अम्मरराज हडखलेको तीन सदस्यीय छनौट समिति निर्माण गरि छनौट प्रक्रिया अगाडि बढाएकोे थियो छनौट समितिले मनोनयन दर्ताका लागि आव्हान गर्दा अध्यक्ष पदका लागि दाऊत तामाङ र डम्मर तामाङको नाम आम भेलाले सिफारिस गरे पछि केहीबेर समिति चयन सकसपुर्ण बनेको थियो । केही वादविवाद श्रृजना भए पनि आपसी सहमतीमा क्लवको विधान अनुसार कमिटीको ३ बर्षे कार्यकालमा डेढ डेढ बर्ष दुवैले पालैपालो क्लबको अध्यक्षता चलाउने शर्तनामामा एघार सदस्यीय कार्य समिति गठन भएको छ पहिलो डेढ बर्षे कार्यकालका लागि दाउत तामाङलाई सिफारिस गरे पश्चात समितिमा उपाध्यक्ष डम्मर तामाङ, सचिवमा बुमिलाल तामाङ, सह सचिव कृष्ण बहादुर तामाङ, कोषाध्यक्ष टेक बहादुर तामाङ र सदस्यहरुमा बिष्णु तामाङ,सुकबहादुर तामाङ, रामबहादुर तामाङ, ड्याम तामाङ र शुक बहादुर तामाङ लगायत वडा सदस्य सुममाया तामाङ चयन भएका छन । दाउत तामाङको डेढ बर्षे कार्यकाल पश्चात डम्मर तामाङले अध्यक्षता सम्भाल्ने सहमति भएको छ नवनिर्वाचित अध्यक्ष दाउत तामाङले चाडै नै आफ्नो कमिटीको बैठक बोलाई यही फाल्गुन महिनामा अरनिको खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको अरनिको सैनिक कप विविध कारणले सञ्चालन हुन नसकेकोमा अब नयाँ समितिले तेस्रो संस्करण सञ्चालन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?