चैत्र २१ गतेदेखी २७ गते शुक्रवारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): अध्ययन तथा अनुसन्धान ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने हुनाले सरसफाईमा विशेष ध्यान दिनुहोला । भिडभाडमा आवत जावत नगर्नु नै राम्रो रहनेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा नतिजा हात पार्न सकिनेछ । समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा गरि आम्दानी बढाउँन सकिनेछ । तरपनि समय मध्ययम रहेकोले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । बढी भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । तरपनि राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउँन सकिनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): संकट व्यावस्थापनमा चालिएका कदमहरु निरर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । तरपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । भूमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धी हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): आफन्तसँग रमाईलो गरि दिन व्यातित हुनेछ । एकल स्वामित्व रहेको व्यापार व्यावसायमा मन्दि आउँनेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तरपनि खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएकाले सताउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो): व्यावसायमा मन्दि आउँनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कला साहित्य तथा गीत संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा विषेश ध्यान दिनुहोला । वढी भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्ला । तरपनि जीवन साथीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): आफन्तहरु टाडिने तथा पति पत्नी सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । कृषी तथा पशुपालन व्यावसाय फस्टाउँनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । बढी भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । तरपनि समय राम्रो रहेकोले कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेकोछ । खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापारमा मन्दि आउँनेछ । भौतिक सम्पती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । मंगलबारबाट राजनीति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलव्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाव सिर्जना हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ । कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ । तरपनि राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउँने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ । तरपनि रहेकोले घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):  व्यापारमा मन्दी आउँने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । बढी भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । तरपनि राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबिधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?