यस्तो भन्दै भारत लागे ज्ञानेन्द्र

काठमाडौं, २२ माघ– पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन् पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परेपनि सिद्धान्त भने छोडन नहुने धारणा समेत राखे सोमबार भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनले राष्ट्रले लिएका मान्यताहरु व्यवहारिक र सबैलाई मान्य हुनुपर्नेमा पनि जोड दिए पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे पूर्व राजा शाह उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी उनी भारत गएका हुन् । भारतबाट उनी २ सातापछि स्वदेश फर्किने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?