काठमाडौं । वि.सं. २०७६ चैत्र २३ गते । आईतवार । इ.स.२०२० अप्रिल ०५ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । चैत्र शुक्लपक्ष । तिथी– द्वादशी,१५ बजेर ५६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– मघा,११ बजेर ३९ मिनेट उप्रान्त पूर्वाफागुनी ।
योग–गंड,२४ बजेर ४७ मिनेट उप्रान्त वृद्धि । करण–बालव,१५ बजेर ५६ मिनेट उप्रान्त कौलव,१६ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ६ बजेर ५२ मिनेटमा, सूर्यास्त १८ बजेर २२ मिनेटमा । दिनमान ३१ घडी १७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । अध्ययनमा ध्यान जादा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् ।
महंगो उपाहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । भीडभाडको यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ ।
मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ ।
तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।
प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ ।
सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय मध्यम रहेको छ ।
सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।
राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।
सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
वौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ। शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा गुरुवर्ग तथा आफन्तहरु खुशी हुनेछन् ।
दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ ।
अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरीहाल्ने समय नरहेकोले केही समय कुर्नुनै राम्रो होला ।
सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ ।
सानो उपलब्धीमा दिन व्यतित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुदा दैनिकी सहज रुपमा बित्नेछ ।
भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शत्रुमाथी विजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढी बढी नतिजा हात पार्न सकिनेछ ।
पुराना ऋण तिर्न सकिने तथा रोग केही भए निको हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया