क्यानबेरास्थित नेपाली दूतावासले गर्यो नेपाली विद्यार्थीहरूलाई यस्तो आह्वान‍

काठमाडौं । क्यानबेराको नेपाली राजदूतावासले अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायत प्रशान्त क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको डाटा सङ्कलन गर्न र सम्स्यामा परे इमरजेन्सी रजिस्टेसन फर्म तयार गरेको छ । कुनै विद्यार्थी सम्स्यामा परे समाधानका लागि तत्काल पहल गर्ने उद्धेश्यले यो व्यवस्था तयार पारीएको राजदूतावासले जनाएको छ ।

राजदूतावासले भनेको छ, संसारभरको जनजीवनलाई असर पारिरहेको कोरोना भाईरसका कारण अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायत प्रशान्त क्षेत्रमा अध्ययनरत आफ्नो परिवारबाट टाढा रहेका नेपाली विद्यार्थीहरू पनि प्रभावित भइरहेको अवस्थालाई यस राजदूतावासले नजिकबाट हेर्नुका साथै सोको समाधानका लागि हरसम्भव प्रयास गरिरहेको ब्यहोरा अनुरोध गर्दै यस क्षेत्रमा रहनुहुने खास गरी नेपाली विद्यार्थीहरू, अभिभावक तथा विभिन्न उद्धेश्यले यहाँ रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हालको अवस्थामा सुरक्षित एवं संयमित रहन पुनः अनुरोध गर्दछौँ ।

यसै सन्दर्भमा यस क्षेत्रमा रहनुहुने नेपाली विद्यार्थीहरूको Data सङ्कलन गर्ने तथा कुनै विद्यार्थीको specific problem/issue भएमा सोको जानकारी लिई समाधानका लागि तत्काल पहल गर्ने उद्धेश्यले तयार गरिएको Emergency Registation Form यस राजदूतावासको वेभसाइट (https://au.nepalembassy.gov.np/emergency-registration-form/) मा राखिएको छ ।

उक्त Emergency Registation Form मा माग भएअनुसार आ(आफ्नो नाम थर, ठेगाना, अभिभावकको विवरण, आफू अध्ययनरत विश्वविद्यालयरकलेजको नाम, ठेगाना, इमेल तथा सम्पर्क नं।, आफूलाई यहाँको विश्वविद्यालयरकलेजमा पठाउने शैक्षिक परामर्शदाताको नाम, सम्पर्क नं।, इमेल तथा सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी मामिला हेर्ने पदाधिकारीको नाम एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराइदिनुहुन अष्ट्रेलिया, न्युजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।

यस्तो छ राजदूतावासको इमरजेन्सी रजिस्टेसन फर्म वेभसाइट : https://au.nepalembassy.gov.np/emergency-registration-form/?fbclid=IwAR2clVBKynY_A8V5GSlFPu_F5PKt2nnsmrCUXT5lKGNf3U3NHkkcrfNz29Q

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?