कोरोना परिक्षण व्यापक बनाउन कांग्रेसको यस्तो माग

काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाम तथा नियन्त्रणका लागि व्यापक परिक्षण गर्नुपर्ने माग राखेको छ । शनिवार कैलालीका एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको विषयलाई तत्काल गम्भिरतापूर्वक लिएर परिक्षणको व्यापकता बढाउन समेत कांगेसले सरकारलाई अनुरोध समेत गरेको छ ।

चीनबाट फैलिएको कोरोना अहिले स्वयः चीनमा निर्मुल भइसकेको अवस्था छ । उक्त कुराबाट पाठ सिक्नुपर्ने तथा भयावहको स्थितीलाई पतिक्षा गरेर नगर्नको लागि समेत दिएको छ । शनिवार एक विज्ञप्ती जारी गर्दै भनेको छ, “चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने “।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित देखिएका छन् । त्यो मध्ये धेरै विदेशबाट आएका पाइएको छ । भने स्थानीयमा नै कोरोना संक्रमण देखिनु नै कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश कुरा जनाउँदै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै समयमै अन्तर्राष्ट्रिय उडान रोकेको र बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेको भए खतरा कम हुने कुरा समेत सुझाव कांग्रेसले दिएको छ । यसै कुरालाई स्मरण गराउँदै कांग्रेसले भनेको छ, “ती महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन् । समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन ।”

त्यतिमात्र नभएर बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरि र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ ।

यसअघि संक्रमण देखिएका सबै परिवार, छरछिमेक तथा घुलमिल भएका आफन्तको परिक्षण गर्न अपिल समेत कांग्रेसको रहेको छ । कांग्रेसले भनेको छ, “सरकारलाई हाम्रो अपील छ, यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परिक्षण, परिक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?