कोरोना अपडेट : ह्यात्तै बढे मृतक संख्या, संक्रमित ११ लाख ६२ हजार नाघे

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण यो समाचार तयार पार्दासम्म  ६२ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ४१ हजार ७ सय ७० जना उपचारपछि ठिक भएका छन् । अहिलेसम्म विश्वभर ५२ हजार ७ सय ५८ वटा नयाँ केस भेटिएका छन् भने ३ हजार ५ सय ६४ जना आजमात्रै ज्यान गुमाएका छन् । विश्वभरमा आज ८ लाख ६४ हजार ८ सय ९७ वटा एक्टिभ केसहरु छन् । विश्वभर ४० हजार ५२ जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको छ । विश्वभर यो समाचार तयार पार्दासम्म ११ लाख ६९ हजार ४०१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसैबीच आजमात्रै नेपालमा ३ जना नयाँ संक्रमित भेटिएका छन् यो संख्या थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको छ ।

जसमध्ये एकजना निको भएर घर फर्केका छन् भने बाँकीको उपचार भइरहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभाव युरोपियन देश ईटलीमा १५ हजार ३ सय ६२ को मृत्यु भएको छ भने एक लाख २४ हजार ६ सय ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै अत्याधिक प्रभावित देश ईटलीमा आजमात्रै कोरोनाको कारण ६ सय ८१ जनाको मृत्यु भएको छ भने ४ हजार ८ सय ५ जना नयाँ संक्रमित पाईएका छन् । ३ हजार ९ सय ९४ जनाको अवस्था गम्भिर छ ।

त्यस्तै अत्याधिक प्रभवित देशको दोस्रो नम्बरमा रहेको स्पेनमा आजमात्रै ५ सय ४६ जनाको ज्यान गएको छ । त्यस्तै ६ हजार ४ सय १६ को अवस्था गम्भिर रहेको छ भने १ लाख २४ हजार ७ सय ३६ जना संक्रमित  छन् । ५ हजार ५ सय ३७ जना नयाँ संक्रमित भेटिँदा अहिलेसम्म स्पेनमा ११ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै शक्तिशाली देश अमेरिकामा झण्डै ३ लाख संक्रमितको संख्या रहेको छ ।

अमेरिकामा अहिलेसम्म ७ हजार ८ सय ९६ जनाको ज्यान गएको छ भने २ लाख ९३ हजार ४८१ जना संक्रमित रहेका छन् । अमेरिकामा आजमात्रै ४ सय ९२ जनाले ज्यान गुमाएका छन् भने १६ हजार ३ सय २० ओटा नयाँ केस पाइएको छ । त्यस्तै ६ हजार १ सय ९९ को अवस्था गम्भिर बनेको छ ।

त्यस्तै प्रभावित देशको सूचीमा पर्ने फ्रान्समा अहिलेसम्मम ६ हजार ५ सय ७ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार १ सय ६६ जनामा संक्रमण देखिँदा ६ हजार ६ सय ६२ जनाको अवस्था जटिल बन्दै गएको छ ।

त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा अहिलेसम्म ३३ सय २६ जनाले ज्यान गुमाएका छन् भने थप १९ नयाँ संक्रमित सहित संक्रमितको संख्ष्या ८१ हजार ६ सय ३९ पुगेको ६ र आजमात्रै चीनमा ४ जनाको मृत्यु भएको हो ।

त्यस्तै ५७ जनाको अवस्था गम्भिर रहेको छ । तयस्तै ईरानमा ३४५२ जनाले ज्यान गुमाएका छन् ।

५५ हजार ७४३ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । भने आजमात्रै १ सय ५८ जनाको मृत्यु भएको छ । ईरानमा आजमात्रै थप २ हजार ५६० जनामा कोरोनाको संक्रमण देखिएको छ । उता ब्रिटेनमा ४१ हजार ९०३ जनामा संक्रमण रहेको छ भने ४३१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

आजमात्रै युकेमा ७ सय ८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ७ सय ३५ वटा नयाँ केश पाईएका छन् । जर्मनीमा कोरोना भाइरसका कारण एक हजार ३ सय ३० जनाले ज्यान गुमाएका छन् भने ९२ हजार १ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । नेदरल्याण्डमा अहिलेसम्म १६५१ जनाको महामारीका कारण मृत्यु भएको छ भने १६ हजार ६ सय २७ जना कोरोनाका संक्रमित भेटिएका छन् ।

त्यस्तै बेल्जियममा आजमात्रै १ सय ४० जनाले ज्यान गुमाएका छन् भने पूरा देशमा १८ हजार ४ सय ३१ जना संक्रमित भेटिएका छन् । अहिलेसम्म बेल्जियममा एकहजार दुई सय ८३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै छिमेकी देश भारतमा कोरोनाका संक्रमित ३ हजार ८२ जना रहेका छन् भने ८६ जनाको मृत्यु भएको छ । आजमात्रै २३ जना नयाँ संक्रमित भारतमा भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?