कोरोनाको कारण मृतकको संख्यामा चीनलाई यी ५ देशले उछिने

काठमाडौं । कोभिड १९ को कारण चीनमा भन्दा विभिन्न ६ देशमा मानवीय क्षति बढी भएको छ । चीनको उहानबाट कोरोना भाइरसको संक्रमण भएपछि बेलैमा सावधानी अपनाउँदा चीनमा धेरै मानवीय क्षति हुन पाएन भने सो देशमा भाइरस करिब नियन्त्रणमा आएको छ ।

तर अमेरिकालगायतका केही पश्चिमा देशमा भने कोभिड १९ को संक्रमण भयावह बनेको छ । अहिलेसम्म चीनमा ३ हजार ३२६ जनाको मृत्यु हुँदा चीनमा भन्दा अमेरिका, स्पेन, इटाली, फा्रन्स, इरान र युकेमा धेरैको ज्यान गएको छ ।

चीनमा शनिबार जम्मा ४ जनाको मृत्यु हुँदा अमेरिकामा सर्वाधिक ७३७ जनाको मृत्यु भएको छ। यससँगै अमेरिकामा कूल मृतकको संख्या ८ हजार १४१ जना पुगेको छ । यस्तै स्पेनमा ११ हजार ७४४, इटालीमा १५ हजार ३६३, फा्रन्समा ६ हजार ५०७, इरानमा ३ हजार ४५२ र युकेमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ११ लाख ६९ हजार बढी संक्रमित भएका छन् भने साढे ५२ हजार बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?