माले, २३ माघ । माल्दिभ्समा राजनीतिक संकट चुलिदै जाँदा सरकारले संकटकालको घोषणा गरेर प्रधानन्यायधीसलाई पक्राउ गरेको छ सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा नै प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अलि हामिदलाई पक्राउ गरेको हो । उनीहरुमाथि कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने बारेमा केही बताइएको छैन अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न आदेश दिएको थियो । तर सरकारले ९ जना विपक्षी नेताहरुलाई रिहा गर्नुको साटो संसद नै अनिश्चितकालका लागि स्थगित गरेर अदालतको दिएको आदेश नमान्न निर्देशन दिएपछि पुनः राजनीतिक संकट चुलिएको हो विपक्षीहरूले सरकारको कदम सफाया गर्ने खालको भएको बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले विश्वको आँखा माल्दिभ्समा रहेको भन्दै त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आह्वान गरेको छ सर्वोच्चले सन् २०१५ मा पूर्व राष्ट्रपति मोहम्मद नाशीदमाथिको सुनुवाई पनि असंवैधानिक भएको निर्णय सुनाएको थियो । निर्वासनमा रहँदै आएका पूर्व राष्ट्रपति नाशीद प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति समेत हुन् उनले यो शासनलाई गैरकानूनी भन्दै यामिनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि देशका प्रहरी आयुक्तले आफूले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए उनको त्यस्तो प्रतिक्रियापछि राष्ट्रपति यामिनले उनलाई बर्खास्त गरे । पूर्व राष्ट्रपति माउमुन अब्दुल गायुमलाई पनि घरमै बन्दी बनाइएको समाचार बाहिर आएको छ । प्रहरीलाई सर्वोच्च अदालतमा पनि खटाइएको छ माल्दिभ्सका जनताले एक अर्कालाई सुरक्षित रहन भन्दै सन्देश पठाइरहेका छन् । सन् २०१३ मा यामिनले सत्ता हातमा लिएपछि माल्दिभ्समा स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्नहरू उब्जिँदै छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया