काठमाडौं विश्वलाई भयावह बनाएको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण यो समाचार तयार पार्दासम्म ६४ हजार ७८७ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या विश्वभर १२ लाख ३ हजार ८७७ पुगेको छ त्यस्तै ४४ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालमा पनि कोरोना भाइरसका ९ संक्रमित फेला परेका छन् ।
यस भाइरसविरुद्धको भ्याक्सिन खोज्न वैज्ञानिकहरु दिनरात नभनी लागिरहेका छन् ।वैज्ञानिकले दाबी गरेजस्तो सफलता भने हासिल भएको छैन ।
यसैबीच चर्चित रसियन पोर्न स्टार लोला टेलर उर्फ ल्युभोभ बुसुनेभा ले एउटा अनौठो घोषणा गर्दै सबैको ध्यान खिचेकी छिन् । त्यो पनि आश्चर्य लाग्ने अफर सम्बन्धि अभिव्यक्ति दिएर । हो, उनले कोरोना विरुद्धको भ्याक्सिन बनाउनेसँग शारीरिक सम्पर्क राख्ने बताएकी छिन् ।
पोर्न इन्डस्ट्रीकी २७ वर्षीया लोला टेलर उर्फ ल्युभोभ बुसुनेभाले भनेकी छिन्, ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछन् म उ सँग शारिरीक सम्बन्ध राख्नेछु ।
द हुक साईट डटकममा यसबारे प्रकाशित समाचारमा जनाइएअनुसार लोला टेलरले भनेकी छिन्, ‘यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ। सबैजना चिन्तित छन्। उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। उनी मास्कोमा एक्लै बस्दै आएकी छन्। उनले सबैलाई सुरक्षित रहन भनिरहेकी छिन् ।
उनको यस्ते अभिव्यक्ति आएपछि सबैले आश्चर्य व्यक्त गर्दै टिकाटिप्पणी गरेका छन् ।
यसैबीच ब्रिस्बेनस्थित क्वीन्सल्याण्ड विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञहरूको एउटा टोली भन्छन् कि, एचआईभी र मलेरियाको उपचार गर्न प्रयोग गरिने औषधिहरू कोरोनाभाइरससम्बन्धी उपचार गर्न प्रयोग गर्न सकिन्छ।
महामारीका कारण विश्वभर अहिलेसम्म ६४ हजार ७८७ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या विश्वभर १२ लाख ३ हजार ८७७ पुगेको छ त्यस्तै ४४ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालमा पनि कोरोना भाइरसका ९ संक्रमित फेला परेका छन् । शनिवार मात्रै नेपालमा थप ३ नयाँ संक्रमित पाइएको थियो ।
त्यस्तै अत्याधिक प्रभावित देश इटालीमा भाइरसका कारण अहिलेसम्म १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् भने १ लाख २४ हजार ६३२ जनामा संक्रमण देखा परेको छ ।
त्यस्तै स्पेनमा ११ हजार ९४७ जनाको भायरसका कारण ज्यान गएको छ भने १ लाख २६ हजार १६८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ८ हजार ४५४ जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या अत्याधिक रहेको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ११ हजार ६३७ जनामा कोरोनाको संक्रमण पाइएको हो ।
त्यस्तै फ्रान्सको अवस्था पनि भयावह रहेको छ । फ्रान्समा कोरोनाका कारण अहिलेसम्म ७ हजार ५६० जनाको ज्यान गएको छ भने ८९ हजार ९५३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै युकेमा अहिलेसम्म ४ हजार ३१३ जनाले ज्यान गुमाएका छन् भने ४१ हजार ९०३ जनामा कोरोनाको संक्रमण पाइएको छ ।
त्यस्तै ईरानको अवस्था पनि जटिल बन्दै गएको छ । कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ईरानमा ३ हजार ४५२ जनाले ज्यान गुमाईसकेका छन् भने ५५ हजार ७४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा आज पनि थप ३ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मृतकको संख्या ३ हजार ३ सय २९ पुगेको छ । चीनमा आज थप ३० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै जर्मनीमा अहिलेसम्म ९६ हजार ९२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ४४४ जनको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याडमा पनि कोरोनाको कारण १ हजार ६ सय ५१ जनाले ज्यान गुमाएका छन् भने १६ हजार ६२७ जनामा कोरोनाको संक्रमण पाईएको छ ।
त्यस्तै बेल्जियममा पनि कोरोनाले आफ्नो प्रकोप फैलाईसकेको छ । त्यहाँ अहिलेसम्म १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने १८ हजार ४३१ जनामा संक्रमण पाइएको छ ।
कोरोना भाइरसको महामारी २०६ देशमा फैलिएको छ । –एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस् ।
-वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
-चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !
-कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?
-संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई फेरी दिए चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया