अमेरिकी शेयर मूल्यमा एक दशकयताकै भारी गिरावट

वासिंगटन, २३ माघ । अमेरिकी शेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । अमेरिकी शेयर मूल्यमा एकै दिनमा ११ सयभन्दा बढी अंकले गिरावट आएको हो ४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको सोमवार कारोबार बन्द भएको छ शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो जसले अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने अपेक्षा गरिएको छ । शेयरको मूल्यको आकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट आएको हो ह्वाइट हाउसका प्रवक्ताले शेयर बजारमा उथलपुलथ हुन सक्ने तर राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेको बताएका छन् शेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ । सन् २००८ को आर्थिक संकटका बेला ७७७.६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?