काठमाडौं । कैलाली, कञ्चनपुर जिल्लामा कोरोनाभाइरसको संक्रमित फेला परेपछि क्वारेन्टाइनमा रहेका सबैको-यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो निर्देशन दिएको थियो । आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा क्वारेन्टाइनमा रहेका सबैको यापिड टेस्ट गरीने जानकारी दिए ।
त्यस्तै, बाग्लुङ जिल्लामा उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड–१९ को परीक्षण गरिने भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो समाचार तयार पार्दासम्म विश्वभर ६५ हजार ६ सय ३ जनाको मृत्यु भएको छ भने १२ लाख १४ हजार ४ सय ८७ जना संक्रमित छत् । २ लाख ५३ हजार ६ सय २६ जना उपचारपछि निको भएका छन् । हालसम्म संक्रमण २ सय ७ देशमा फैलिएको छ । सबैभन्दा धेरै ईटलीका जनताले ज्यान गुमाएका छन् । छिमेकी मूलुक भारतमा यो समाचार तयार पार्दासम्म ९९ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ८८ जनामा संक्रमण पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया