काठमाडौं – सरकारले मुलुकभर भएका ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने निर्णय गरेको छ ।
आज बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर ,विमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो ।मुलुकभर ५० हजार भन्दा धेरै ग्रामिण स्वास्थ्य स्वयंम सेविका रहेकाले उनीहरुलाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता र बिमाको व्यवस्था गर्दै स्थानीय तहमा परिचालन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।
स्वास्थ्य स्वयमसेवीका परिचालन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थमन्त्रालयसंग समन्वय गरेर कार्यविधि बनाएपछि सोही कार्यविधिका आधारमा परिचालन गरिने उनले जानकारी दिए । उनले विरामीलाई रिसिभ गर्नका लागि नेपाली सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाउने निर्णय पनि भएको जानकारी दिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म नेपालमा ९ जना संक्रमित भएका छन् । ति मध्ये एक जना निको भएका छन् बाँकीको विशेष निगरानीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया