पागलप्रेमी : जसले प्रेमिकासँग माफी माग्दै रातारात टाँगे सहरमा सयौं होर्डिङ बोर्ड !

काठमाडौं । मान्छे प्रेममा कतिसम्म पागल हुनसक्छ भन्ने कुरा हालसालै भारतको एक घटनाले देखाएको छ । हो, भारतको महाराष्ट्रका एक व्यक्ति प्रेमकै कारण भाइरल भएका थिए ।

नहुन् पनि किन ! जब कोही प्रेमीले आफ्नी प्रेमिकासँग माफी माग्नकै लागि सहरभरि रातारात फिल्मी शैलीमा होर्डिङ बोर्ड झुन्ड्याउँछ भने यो त हुने भइहाल्यो । प्रेमिकासँग माफी माग्ने ती व्यक्तिको शैलीबाट अहिले मानिस छक्क परिरहेका छन् ।

खबरअनुसार आफ्नी प्रेमिकासँग आफूले माफी मागेको सबैलाई जानकारी गराउन सहरका विभिन्न भागमा ३ सयभन्दा बढी होर्डिङ बोर्ड एकै रातमा टाँगेका छन्, ती प्रेमीले ।

उनको यस्तो हर्कतपछि धेरैले उनलाई पागलप्रेमी भनेका छन् भने कतिले त मानसिक सन्तुलन बिग्रिएकोसम्म भनेका छन् । यतिबेला सामाजिक सन्जालमा पनि यसबारे निकै चर्चा चुलिएको छ । स्थानीय प्रशासनले यसलाई गम्भीर घटना भन्दै छानबिन गरिरहेको छ । यो खबर ‘बिबिसी’ हिन्दीले छापेको छ ।

सहरमा टांगिएका होर्डिङ बोर्डमा ‘शिवाडे, मलाई माफ गरिदेऊ’ भनेर लेखिएको छ । तर, उक्त होर्डिङ बोर्ड कसले टाँगेको भन्ने कुराचाहिँ हालसम्म खुलेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धाबाट ती होर्डिङ बोर्ड निलेश नामका युवाले लगाएको खुलेको छ । निलेशले यो होर्डिङ आफूले लगाएको स्वीकारसमेत गरिसकेका छन् ।

२५ वर्षीय निलेशले आफ्नी प्रेमिका आफूँग रिसाएपछि आफूले फकाउन यसो गरेको बताएका छन् । होर्डिङ बोर्ड सहरका भित्ता तथा बिजुलीका पोलहरूमा लगाइएको छ । प्रहरीले अहिले यस विषयलाई मुद्दाका रूपमा दर्ता गरेर अदलातमा पुगेको छ । निलेश एमबिएका विद्यार्थी भएको खबरमा उल्लेख गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?