कोरोना संक्रमित धनगढीका ३४ वर्षीय पुरुषको दोस्रो परिक्षण पनि पोजेटिभ

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ । उनको पारिवारिक स्रोतले दोस्रो परिक्षणको नतिजा पनि पोजेटिभ आएको जनाएको हो ।

उक्त ३४ वर्षीय पुरुष गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए ।

हाल उनी धनगढी सेती प्रदेशिक अस्पतालमा उपचार गरिरहेका छन् । भने शनिवार उनकी भाउजुमा समेत कोरोना संक्रमण देखिएको र उनको समेत सेती अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा उनको परिवारको समेत परिक्षण गरिएको थियो । भने परिवारका अन्य ७ सदस्यको परिक्षणको नतिजा भने नेगेटिभ आएको जनाइएको छ ।

शनिवार उक्त महिलामा देखिएको कोरोना संक्रमण नेपाल भित्रबाट रहेको व्यक्तिमा देखिएको पहिलो केस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?