विदेशबाट फर्किएकालाई बस्न क्वारेन्टाईन निर्माण, बस्नेको संख्या कम !

दाङ । दाङमा विदेशबाट फर्किएकाहरुलाई राख्नका लागि बिभिन्न स्थानहरुमा क्वारेन्टाइन स्थापना गरिएको भएता पनि फर्कनेको तुलनामा क्वारेन्टाइनम बस्नको संख्या ज्यादै न्यून छ । यसरी फर्किएकाहरु मध्य अधिकांश नागरिक घरपरिवारसँगै बसेका छन् ।

दाङका दश वटा स्थानीय तहमा चैत महिनाको सुरुदेखि हालसम्म तीन हजार ६ सय ३२ जना भारतलगायतका अन्य खाडी मुलुकबाट मानिसहरु भित्रिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको जिल्ला आपत्कालिन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्व अर्यालले जानकारी दिएका छन् ।

‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेडहरु तयार गरियो’,अध्यक्ष वलीले भने, ‘तर क्वारेन्टाइनमा बस्न कसैले मान्नुभएन । त्यसैले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।

सूचना अधिकारी अर्यालका अनुसार जिल्लामा यो अवधिमा फर्किएका मध्य सवैभन्दा धैरै मानिस बंगलचुली गाउँपालिकाका रहेका छन् । त्यहाँ हालसम्म १४ सय १३ जना विदेशिएकाहरु भित्रिएका छन् । उनीहरु सवै आफ्नै घरपरिवारसँगै बस्दै आएका छन् । कोरोनाको जोखिमबाट बच्नका लागि देशबाहिरबाट आएका व्यक्तिहरुलाई कम्तीमा दुई हप्ता अरुदेखि टाढा हुन आग्रह गरेपनि उक्त गाउँपालिकामा घर फर्किएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् । त्यसपछि धैरै मानिसहरु भित्रिएको स्थानीय तह घोराही उपमहानगरपालिका हो । घोराहीमा चैत महिना यता १२ सय ८६ जना आएका छन् । उनीहरु मध्य अहिले घोराही उपमहानगरपालिका वडा नं। ३ मा रहेको क्वारेन्टाइनमा ३ जना मात्र रहेका छन् । अन्य सवै घरपरिवारसँगै बस्दै आएका छन् ।

त्यसैगरी स्थानीय तहले बुझाएको तथ्याङक अनुसार हालसम्म जिल्लामा तुलसीपुर उपमहानगरपालिकामा दुई सय ८७ जना, गढवा गाउँपालिकामा एक सय ५२ जना, राप्ती गाउँपालिकामा एक सय ३१ जना, राजपुर गाउँपालिकामा एक सय ६ जना, लमही नगरपालिकामा ९० जना, बबई गाउँपालिकामा ८९ जना, शान्तिनगर गाउँपालिकामा ६९ जना र दंगीशरण गाउँपालिकामा २७ भारतलगायतका अन्य देशहरुबाट फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?