कोरोना त्रास : गाईभैँसीलाई पनि मास्क

काठमाडौं । भारतको एक गाउँमा मानिसले गाईभैँसीलाई पनि मास्क लगाइदिएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसले मास्क लगाउन थालेसँगै भारतको मध्य प्रदेशको चन्देरी गाउँमा घरका जनावरलाई पनि मास्क लगाउन थालेका हुन् ।

गाईगोरुका लागि मानिसको मास्क ठिक नहुने भएकाले गाउँमा नै जनावर विशेष मास्क तयार गरिएको बताइएको छ । त्यहाँका मानिसले खेतमा गोरुलाई काम गराउन जाँदा फर्किएपछि जनावरबाट कोरोना घरसम्म आउने र जनावरमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्ने त्रासले गोरुलाई पनि मास्क लगाइदिने गरेको बताउँछन् । बाहिर चराउन लगिने गाईभैँसीलाई पनि उनीहरुले मास्क लगाइदिने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?