पाल्पा माथागढी–४, २३ माघ- झडेवाकी ३२ वर्षीया भगवती अधिकारीको शव आफन्तले तेस्रो दिनसम्म बुझेका छैनन । आईतबार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको थियो भगवतीको शव अस्पतालको आइसियुमै रहेको छ । आक्रोशित आफन्तले सोमबार देखि अस्पतालको गेटमै तालाबन्दी गरिदिएका छन् । आफन्तले दोषीमाथी कारवाही नहुँदासम्म शव नबुझने र ताला पनी नखोल्ने बताएका छन् । मृतकका आफन्तको अवरोधका कारण लुम्बिनी अञ्चल अस्पतालको उपचार सेवा नै प्रभावित भएको छ सामान्य अवस्थामा अस्पताल पुगेकी भगवतीलाई गलत औषधि सलाइनमा मिसाएर दिएपछि एक्कासी बेहोस भएको र ज्यान गएको पीडितले दावी गरेका छन् । आइतबार बिहान ७ बजे हिँडेर अस्पताल पुगेकी भगवतीको दिउँसो १२ बजे ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया