काठमाडौं । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले अरू मानिससामु खोकेपछि उनीविरुद्ध अपमानजनक कार्य गरेको अभियोग लगाइएको छ ।
बीबीसीका अनुसार ३८ वर्षीय रेमन्ड कुम्ब्सले जानीजानी अरु मानिसको मुखमा खोकेर भिडियो खिचेको पाइएपछि उनलाई अभियोग लागेको हो ।
भिडियो फेसबुकमा राखिएपछि निकै भाइरल भएको थियो र त्यसले व्यापक आक्रोशसमेत उब्जाएको थियो । कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन् ।
ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइयो तर, पछि त्यो अभियोग भने फिर्ता लिइएको छ ।
दु:ख व्यक्त
पछि ती पुरुषले आफ्नो कार्यबारे दु:ख व्यक्त गरेका छन् । त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य ‘मूर्खतापूर्ण र असम्वेदनशील’ भएको भन्दै त्यसप्रति उनले दु:ख व्यक्त गरेका छन् ।
सो भिडिओ फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो । ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई ‘बेवकुफ’को संज्ञा दिइन् ।
फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया