काठमाडौं- विश्वलाई भयभित बनाएको कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण हालसम्म नेपालमा ९ जनामा देखिएको छ । जसमध्ये एक जना उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् भने बाँकीको विशेष निगरानीमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आजसम्म १ सय ७ जना आईसोलेसनमा रहेका छन् भने ९ हजार एक सय ६८ जना क्वारेन्टाईनमा छन् । १२ जना काठमाडौं उपत्यकामा र ९५ जना काठमाडौँबाहिर गरी कुल १ सय ७ जना आईसोलेसनमा रहेको आज जानकारी दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित लाईभ अपडेटमा जानकारी गराइएअनुसार हालसम्म कोरोना आशंकामा १६ सय ९७ वटा टेस्ट गरिएको छ ।
यस्तै धुलिखेल भरतपुर र भैरहवामा पिसिआर नमुना परिक्षण हिजोबाट सुरु गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन् । उनले थपे, ‘उपत्यका बाहिर ९ वटा काठमाडौंसहित १० ठाउँमा नमुना परिक्षण भइरहेको छ । यस्तै संक्रमितको संख्या बढुन थालेपछि कैलाली र कञ्चनपुर आरडिपी नमुना परिक्षणका लागि हिजो नै टोली गइसकेको जानकारी दिँदै डाक्टर देवकोटाले थपे, “आजदेखि त्यहाँ पनि टेष्ट हुन्छ । ”
त्यस्तै संक्रमित भई हाल उपचार गरिरहेका आठ जनाको सम्पर्कमा रहेकाहरुको कल ट्रेसिङ पनि भइरहेको छ । मन्त्रालयले कल सेन्टरमार्फत ३ हजार २ सय ४२ वटा फोनको जवाफ दिइएको डाक्टर देवकोटाले बताए ।
बितेको २४ घण्टामा मन्त्रालयको एपमा आफ्ना लक्षण र कोरोना आशंका गरि विवरण टिपाएकाहरुमध्ये ५ जना रेड जोनमा रहेको र उनीहरुको बारेमा थप जानकारी संत्रलन गरिरहेको उनले बताए ।
यतिबेला देश लकडाउन भएका कारण मानिसहरु घरमा नै बसिरहेका छन् ।
यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय पनि बढाएको छ । कोरोना महामारीसँग बच्न सरकारले आगामी वैशाख ३ गतेसम्म लकडाउनको समय थपेको हो ।
यस अघि सरकारले चैत ११ गतेदेखी १८ गतेसम्म पहिलो चरणमा लकडाउन गरेको थियो । भने गत चैत १६ गते बसेको मन्त्रीपरिषदको बैठकले २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया