१० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु

काठमाडौं – सातै प्रदेशका १० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आइतबारबाट धुलिखेल अस्पताल, भरतपुर अस्पताल र भैरहवा अस्पतालमा सुरु भएसँगै अब १० स्थानमा कोरोना भाइरस कोभिड १९ को परीक्षण सुरु गरिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आजसम्म १ सय ७ जना आईसोलेसनमा रहेका छन् भने ९ हजार एक सय ६८ जना क्वारेन्टाईनमा छन् । १२ जना काठमाडौं उपत्यकामा र ९५ जना काठमाडौँबाहिर गरी कुल १ सय ७ जना आईसोलेसनमा रहेको आज जानकारी दिइएको हो ।

हालसम्म कोरोना आशंकामा १६ सय ९७ वटा टेस्ट गरिएको छ । त्यस्तै संक्रमित भई हाल उपचार गरिरहेका आठ जनाको सम्पर्कमा रहेकाहरुको कल ट्रेसिङ पनि भइरहेको छ । मन्त्रालयले कल सेन्टरमार्फत ३ हजार २ सय ४२ वटा फोनको जवाफ दिइएको डाक्टर देवकोटाले बताए ।

बितेको २४ घण्टामा मन्त्रालयको एपमा आफ्ना लक्षण र कोरोना आशंका गरि विवरण टिपाएकाहरुमध्ये ५ जना रेड जोनमा रहेको र उनीहरुको बारेमा थप जानकारी संत्रलन गरिरहेको उनले बताए ।

यतिबेला देश लकडाउन भएका कारण मानिसहरु घरमा नै बसिरहेका छन् ।

यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय पनि बढाएको छ । कोरोना महामारीसँग बच्न सरकारले आगामी वैशाख ३ गतेसम्म लकडाउनको समय थपेको हो ।

यस अघि सरकारले चैत ११ गतेदेखी १८ गतेसम्म पहिलो चरणमा लकडाउन गरेको थियो । भने गत चैत १६ गते बसेको मन्त्रीपरिषदको बैठकले २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको थियो ।

विश्वलाई भयभित बनाएको घातक कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म ७० हजार ३ सय २० जना पुगेको छ ।
भाइरसका कारण १२ लाख ८४ हजार ६ सय ६५ जना संक्रमित भएका छन् २ लाख ७१ हजार ७ सय २१ जना उपचारपछि निको भएर घर फर्केका छन् । संक्रामक भाइरस विश्वका २ सय ८ मुलुकमा फैलिसकेको छ ।

कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण हालसम्म नेपालमा ९ जनामा देखिएको छ । जसमध्ये एक जना उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् भने बाँकीको विशेष निगरानीमा उपचार भइरहेको छ ।

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

डाक्टर बनेर कोरोनाको उपचारमा खटिँदै प्रधानमन्त्री

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस ! 

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?