कोरोनाको कारण विश्वभर ७२ हजार भन्दा बढीको मृत्यु, इटालीमा मात्र १६ हजार कटे

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ७२ हजार ७ सय ६० जना भन्दा बढीको ज्यान गईसकेको छ । भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १३ लाख १८ हजार ३ सय भन्दा बढीको पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या २ लाख ७६ हजार ८सय ८० हाराहारीमा रहेका छन् । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १६ हजार ५२३ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३२ हजार ५४७ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १३ हजार १६९ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ३५ हजार ३२ जनामा संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ५० हजार नाघिसकेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १० हजार ३ सय ६९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म ८ हजार ७८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने ९२ हजार ८३९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा आज कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ भने नयाँ ३९ जना कोरोना संक्रमित पाइएका छन् ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ ।

त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ५ हजार ३ सय ७३ जनाको ज्यान गएको छ भने ५१ हजार ६०८ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ७३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ६० हजार ५०० जनामा कोरोनाको संक्रमण रहेको छ ।

त्यस्तै बेल्जियममा भाइरसका कारण १ हजार ६ सय ३२ जनाको ज्यान गएको छ भने नेदरल्याण्डमा अहिलेसम्म महामारीका कारण १ हजार ८ सय ६७ जनाको ज्यान गईसकेको छ ।

त्यस्तै जर्मनीमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख भन्दा माथि रहेको छ ।

यसैगरी जर्मनीमा महामारीका कारण मृत्यु हुनेको संख्या भने १ हजार ६१२ रहेको छ । विश्वमा यो समाचार तयार पार्दासम्म गम्भीर संक्रमितहरुको संख्या ४६ हजार ११० रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वभर ७२ हजार ७ सय ६९ जनाले ज्यान गुमाएका छन् । भने १३ लाख १८ हजार ३ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २ लाख ७६ हजार १ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?