काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत हुनेछ । सम्बोधन प्रधानमन्त्री निवास बालुवाटारबाटै हुनेछ ।
सम्बोधन कोरोना भाइरस र लकडाउनका विषयमा केन्द्रीत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया