दमास्कस, २३ माघ । सिरियाको राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ सिरियामा जारी एक साताभन्दा लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् । पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु निरन्तरजस्तै हुन थालेका छन् सिरियाली सरकारी सैनिकले विद्रोहीको बलियो प्रभाव रहेको भनिएको क्षेत्रलाई लक्ष्यगरी विषाक्त रासायनिक हातहतियार समेत प्रयोग गर्दै आएका र यसबाट पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् यसैहप्ता पनि दमासकस नजिकै पूर्वी इलाका घोउटामा विपक्षीको बलियो प्रभाव रहेको इलाकामा कैयौँ पटक सरकारी सुुरक्षा अधिकारीहरुबाट विषाक्त ग्याँस आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ गत सोमबार पनि पूर्वी इलाका घोउटामा कैयौँपटक सरकारी सुरक्षा अधिकारीहरु हवाई आक्रमण गरेको बेलायतआवद्ध सिरियाली अब्जरभेटरी फर ह्युम्यन राइट्सले जानकारी दिएको छ यस कारबाहीमा परी २९ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले बताएका छन् सो आक्रमणमा परी मारिनेमा केही बालबालिका समेत रहेका रहमानले बताए । तर कतिजना बालबालिका परेका छन् भन्ने बारेमा भने केही थाहा हुन नसकेको उनको भनाई छ सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुदै गएका छन् । उनीहरुको हिंसाका कारण पनि धेरै मानिस मारिएका छन् सन् २०११ देखि हालसम्म जारी रहेको यस सिरियाली द्वन्द्वमा परी ३ लाख ४० हजार भन्दाबढी व्यक्ति मारिएका छन् त्यसैगरी यस द्वन्द्वमा परी लाखाँै व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैजना घरवार छोडी आफ्नै देश र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन यहाँको द्वन्द्वको समाधानका लागि हालैमात्र पनि संयुक्त राष्ट्रसंघको पहलामा शान्तिवार्ता भएको थियो । तर सो वार्ता प्रयास पनि यसअघिजस्तै सफल हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया