नवनियुक्त गभर्नर अधिकारीले आजै सपथ ग्रहण गरि पदभार सम्हाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरको रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गरेको थियो । नवनियुक्त गभर्नर अधिकारीले आज अर्थात मंगलवार सपथ ग्रहण गरि पदभार सम्हाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको स्रोतका अनुसार प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष अधिकारीले आज साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको

साथै पद तथा गोपनियताको सपथग्रहण पश्चात अधिकारीले आजै नै राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिएका छन् ।

गत चैत ५ गते तत्कालिन गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल पूरा भएसँगै रिक्त रहेको गभर्नरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए ।

अर्थमन्त्रीको नेतृत्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसँगै पूर्वसचिव राजन खनाल र वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?