कोरोना महामारी मूर्तिलाई पनि लगाईयो मास्क (हेरौँ तस्वीरमा)

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म विश्वका २०९ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको छ ।

विश्वका सबै मानिसहरु कोरोना भाइरस महामारीको चपेटामा छन् । साथै वैज्ञानिक तथा डाक्टरहरु औषधि बनाउन दिनरात खटिएका छन् भने सञ्चारकर्मीहरु त्यहि समाचार लकडाउनको बेला घरमा बसेका आम मानिसहरुसम्ममा पुर्याउन लागि परेका छन् ।

आम विश्ववासीहरुलाई जागरुकता फैलाउनका लागि सारा विश्वका मूर्तिहरुको अनुहारमा पनि मास्क लगाईएको छ ।

विश्वमा रहेका आम नागरिकहरुलाई सतर्क र सजग बनाउनको लागि प्रतिमामा मास्क लगाएर सचेतना तथा जागरुकता फैलाउन थालिएको हो ।

१. कान्स्टरको सेन्ट्रल पार्कमा मार्शल आर्ट आईकन र अभिनेता ब्रुस लीको मूर्तीमा मानिसहरुले मास्क लगाएका हुन् ।

२. ब्रिटेनमा रहेको फ्र्यांक साइडबटमको एक प्रतिमामा मास्क लगाईएको पाईएको छ ।

३. जापानको एक रेष्टुरेण्टको बाहिर रहेको मूर्तिमा फेस मास्क लगाईएको फोटो सार्वजनिक भएको छ ।

४. कोमन म्यानको प्रतिमामा भारतको मुम्बईमा कोरोना भाइरसको महामारी पछि मास्क लगाइएको छ ।

५. ब्राजिलको रियो दी जेनेरियोमा कोरोना भाइरसको प्रकोप पछि कोपाकबाना समुन्द्र तटमा एक क्राइस्ट द रिडिमर को प्रतिमामा पनि मास्क लगाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?