नवनियुक्त गभर्नर अधिकारीले सपथ ग्रहण गरि सम्हाले पदभार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनले राष्ट्र बैंक पुगेर पदभार पनि सम्हालेका छन् ।

मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गरेको थियो ।

गत चैत ५ गते तत्कालिन गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल पूरा भएसँगै रिक्त रहेको गभर्नरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?