प्रधानमन्त्रि देखिए, सुनिए र बेमौसमी बाजा बजाएर गए…

लभेश प्याकुरेल/लोकपथ – रकार र प्रशासनिक यन्त्रको चौतर्फी आलोचना भैरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशवासीका नाममा सम्बोधन गरेका छन् ।

मेडिकल सामाग्री खरिद प्रकरणमा भएको अनियमितता, स्वाथ्यमन्त्रि लगायत धेरै उच्च पदस्थ व्यक्ति र प्रधानमन्त्रीकै वरपरका आसेपासेहरु लगातार विभिन्न काण्डहरूमा मुछिएको समाचारहरुका बीच मंगलवारको प्रधानमन्त्रीको सम्बोधन देशैभरि निकै उत्सुकताका साथ प्रतिक्षा गरिएको थियो । जनतालाई कसरी अब प्रधानमन्त्रीले आश्वस्त गर्लान् ? के बिशेष राहतको घोषणा हुनेछ ? यस्ता अनेक प्रश्नहरु हरेक नेपालीको मनमा थिए तर मंगलवार बिहान नेपाल टेलिभिजनबाट देशैभरि झुल्किएका प्रमले खासै जनताको मन जित्न सकेनन् ।

मेडिकल सामाग्री खरीद प्रकरण लगायतको भ्रष्टाचारको बिषय प्रधानमन्त्रीले सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा’ भनि पुरै खारेज गरिदिए सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

भन्दै प्रधानमन्त्रीले साधा झैँ भ्रस्टाचार आफूले नसहने जनाउदै हाललाई भने यो प्रकरणको अन्त्य गरिदिए समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ ।

मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन यो नै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तबास पछिको सिधा सन्देश
आफूलाइ सेन्टर पोइन्टमा राखेर तर्क सुरु गर्ने हाम्रा प्रधानमन्त्रीले आजपनि आफूसँग १४ बर्षको लकडाउनको अनुभव रहेको बताउन भ्याए । यसैले गर्दा आफूले जनताको कष्ट बुज्ने उनको तर्क थियो ।

बहु प्रतिक्षित देशबासिको नामको सन्देशमा सरकारले अहिलेसम्म गरेका प्रयास र तथ्यांकहरुको राम्रो बेलिबिस्तार लगाए सदाझै उच्च आत्मविश्वासका साथ  सरकारको फेरहिस्त निकै लामै छ तर वास्तविकता अर्को धरातलमा छ । कोरोनाविरूद्ध फस्र्ट एसल्टमा लडिरहेका चिकित्सक स्वास्थ्यकर्मी लगायतका सबैको समस्या मेडिकल सामाग्री को अभाव हो, राहत वितरणमा व्यापक प्राविधिक र व्यवहारिक समस्याहरु देखिएका छन् र लकडाउनको अबधि बढ्दै जाँदा यो अझै बिकराल हुने सबैको अनुमान छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा जनतालाई आश्वस्त पर्न पर्नुपर्ने आवस्यकता अझै महसुश भएको देखिएन ।
प्रधानमन्त्रीको सम्बोधनपछि देशैभरिका बुद्धिजिबी एबम् मिडिया सर्कलमा एउटै चर्चाले स्थान पायो प्रधानमन्त्रीको स्वाथ्यमा राम्रो सुधार भएछ । आज उनले  राम्रो बुलेटिन वाचन गरे ।

सरसर्ती हेर्दा लामो समयपछि जनतालाई धन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार देखिए, सुनिए र आफैले उल्टो बेमौसमी बाजा बजाएर गए ।

यस्तो छ प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?