गत चैत पहिलो साता आइपीओ निष्कास गरेको नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बुधबार बिहान उक्त आईपीओको बाँडफाँट गरिएको हो ।
उक्त आईपीओमा ३ लाख ९० हजार ६ सय ३८ आवेदन स्वीकृत गरिएको थियो भने जसमा २७ हजार ७ सय ४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए ।
त्यस्तै, १५ हजार ५ सय ९० जनाले २० कित्ताको लागि तथा १२ हजार ७ सय २३ जनाले ३० कित्ताका लागि आवेदन दिएका थिए । ४० कित्ता शेयर माग गर्नेको संख्या भने २० हजार ९ सय २९ थियो । ती सबैलाई माग गरे बराबरकै शेयर वितरण गरिएको छ ।
५० कित्ता वा सोभन्दा बढी शेयर माग गर्ने बाँकी ३ लाख १३ हजार ६ सय ४८ आवेदकमध्ये सबैलाई ४० कित्ता शेयर वितरण गरिएको छ । बाँकी शेयरलाई गोला प्रथाद्वारा बाँडफाँट गरिएकोमा७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया