काठमाडौं – भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाका कारण १२४ जनाको मृत्यु भइसकेको छ । अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ । सोमबार भारतमा ७०४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए ।
विश्वका लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसले सारा विश्वलाई नै त्रसित र हाहाकार बनाइदिएको छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ८२ हजार ७४ जनाले ज्यान गुमाईसकेका छन् भने १४ लाख ३१ हजार ६८९ जनामा कोरोनाको संक्रमण रहेको छ ।
त्यस्तै ३ लाख २ हजार १४२ जना उपचार पछि निको भएका छन् भने ४७ हजार ८९१ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोनाको अत्याधिक प्रधाव झेलिरहेको देश इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ हजार १२७ जनाले ज्यान गुमाईसकेका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख घ५ हजार ५८६जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा १४ हजार ४५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म स्पेनमा संक्रमितको१ लाख ४१ हजार ९४२ जनामा संक्रमण रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरुसबाट मृत्यु हुनेको संख्या १२ हजार ८५४ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या भने ४ लाख पुगिसेकको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म ४ लाख ४१२ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसका कारण १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ९ हजा ६९ पुगेको छ ।
जर्मनीमा भाइरसका कारण २ हजार १८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ७ हजार ६६३ पुगेको छ ।
त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा आज फेरी २ जनाको मृत्यु भएको छ । योसँगै चीनमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ३३ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ८०२ रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ८७२ जनाले ज्यान गुमाएका छन् भने ६२ हजार ५८९ जनामा संक्रमण देखिएको छ । त्यस्तै बेलायतमा भाइरसका कारण ६ हजार १५९ जनाले ज्यान गुमाएका छन् भने ५५ हजार २४२ जनामा संक्रमण पाईएको छ ।
त्यस्तै बेल्जियममा कोरोनाका कारण २ हजार ३५ जनाले ज्यान गुमाएका छन् भने नेदरल्याण्ड्समा कोरोना भाइरसका कारण अहिलेसम्म२ हजार १ सय १ जनाको ज्यान गएको छ ।
के कोरोना संक्रमणपछि गन्ध र स्वाद थाहा हुँदैन? ज्वरो र खोकी नै मूख्य लक्षण
विश्वलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका २०९ मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने हाम्रो जिज्ञासा मेट्न वैज्ञानिकहरुले नयाँ तथ्य प्रस्तुत गरेका छन् । ब्रिटेनका अनुसन्धानकर्ताहरूका अनुसार संक्रमितलाई गन्ध वा स्वाद थाहा नपाउने अवस्था देखिन सक्छ ।
लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले ‘कोभिड १९’ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।
तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।
विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।
यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।
अध्ययनले के फेला पार्यो ?
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए। कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए :
५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए
२९ प्रतिशतले निरन्तर खोकी भएको बताए
२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए
१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए
१०। ५ प्रतिशतले ज्वरो आएको बताए
अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले ‘कोभिड १९’ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड९ १९ देखिएको थियो। कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।
यसैबीच कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ ।
परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।
‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।
कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उनले बताए । कोरोना भाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।
कतिपय नेपालीहरू फर्किन चाहेको भए पनि कोरोना भाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।
यसैबीच सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया