काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर बुधवार बाँडफाँड हुने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङले बुधबार बिहान शेयर बाँडफाँड गर्न लागेको हो ।
आरबीबी मर्चेन्टले सबै आवेदकलाई न्युनतम सबैलाई कम्तीमा ४० कित्ता शेयर पर्ने अवस्था रहेको र रद्ध भएका आवेदन बाहेकलाई शेयर बाँडफाँड प्रकृयामा लैजाँदा धेरै आवेदकले थप १० कित्ता शेयर पाउने बताएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले गत चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुने१ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया