काठमाडौं । पूर्वमन्त्री तथा राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले विपक्षीले विरोध गरेर बेमौसमी बाजा बजाएको भन्दै असन्तुष्टि पोखेका थिए ।
त्यसकै जवाफमा लोहनीले ‘के सेक्युरिटी प्रेस खरिदको ठेक्कामा ७० करोड जनताको पैसा लुट्ने योजनाको बिरोध गर्नु बेमौसमी बाजा हो ?’ भन्दै प्रश्न गरेका छन् ।
यस्तै ‘के कोरोना भाइरसको औषधि खरिदको प्रक्रियामा देखिएको घृणित भ्रस्टाचारबारे छानबिन गर भनेर अवाज उठाउनु बेमौसमी बाजा हो ?’ भन्दै प्रश्न गरेका छन् ।
उनले भ्रष्टाचार विरोध निरन्तर खबरदारी गरिने पनि बताएका छन् । लोहनीले भनेका छन्, ‘माफ गर्नुस प्रधानमन्त्रीजी , मौसमी बाजा बजाउने नाममा यो देशमा देखिएको सत्ताको दुरुपयोग र देश महासंकटमा परेको अवस्थामा पनि जनताले कर तिरेको रकममा देखिएको लुट बिरुद्ध हामी निरन्तर आवाज उठाउने छौं। तपाईको भाषणले यो रोकिने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया