शरीरमा लुकेर बस्छ कोरोना, निको भएका बिरामीमा फेरी संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्नका लागि जुन देशको तारिफ सारा विश्व गरिरहिएको छ, त्यसै देशमा ५१ जना संक्रमितहरु निको भएर घर फर्किएपछि पुनः उनीहरुमा टेस्ट पोजेटिभ पाईएको छ ।

दक्षिण कोरियाले कोरोना भाइरसका केस शुरु भएलगत्तै धेरै संख्यामा मानिसहरुको टेस्ट गरेको थियो । जसका कारण कोरोना फैलिनबाट बच्न दक्षिण कोरिया सफ बनेको थियो ।

संक्रमण नियन्त्रण पनि भएको थियो । तर उपचार पछि निको भएर घर फर्किएका ५१ जनामा फेरी टेस्ट रिपोर्ट पोजेटिभ पाईएको हो । जसको कारण साउथ कोरिया मात्र होइन, अन्य देशमा पनि चिन्ता थपिएको छ ।

डेली मेलका अनुसार, कोरोना भाइरस पोजेटिभ पाइएकाहरुलाई दक्षिण कोरियाको ड्यागुमा क्वारेन्टाइनमा राखिएको थियो । परिक्षणका क्रममा उनीहरुको रिजल्ट नेगेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टाइनबाट छोडिएको थियो । तर केहि दिन पछि नै ५१ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ पाइएको हो ।

 

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरस मानिस भित्र यस्तो ठाउँमा लुक्छ कि, त्यसलाई पत्ता लगाउन नै मुश्किल पर्दछ ।

दक्षिण कोरियामा संक्रमितहरुके संख्या करिव ।। रहेको छ भने ।। जनाले अहिलेसम्म ज्यान गुमाईसकेका छन् । दक्षिण कोरियाको ड्यागु इलाकामा संक्रमितहरु धेरै रहेका छन् ।

साउथ कोरियाको सेन्टर फर डिलीज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार मानिसहरु फेरी संक्रमित भएको नलागे पनि भाइरस फेरी एक्टिभ भएको पाइएको छ । तर ब्रिटिश एक्सपर्टका अनुसार अहिले सम्म संक्रमितमा फेरी भाइरस एक्टिभ भएको केस पाईएको छैन ।

ब्रिटेनको एक ईस्ट एन्गलिया युनिभर्सिटीमा संक्रमित रोगका प्रोफेसर पल हन्टरले भने, ‘म मान्छु कि, बिरामी फेरी संक्रमित नभएका होलान्, म यो पनि सोचिरहेको छैन कि, भाइरस फेरी पनि एक्टिभ भयो, मलाई लाग्छ, पहिला गरिएको परिक्षणमा गल्तीले उनीहरुको रिपोर्ट नेगेटिभ आयो होला ।’

प्रोफेसर हन्टरले भने, ‘पारम्परिक हिसावमा कोरोना भाइरसको जुन टेस्ट गरिन्छ, त्यसमा २० देखि ३० प्रतिशत मात्रै गलत परिणाम दिने सम्भावना हुन्छ । उनले भने, क्वारेन्टाइनबाट घर पठाएपछि साउथ कोरियामा संक्रमितहरुको जुन टेस्ट पछि रिजल्ट नेगेटिभ आयो, त्यो सहि नहुन पनि सक्छ । त्यो बेला पनि उनीहरु संक्रमित नै थिए होलान् तर रिपोर्टमा गल्ती भएको हुनसक्छ ।’

कोरियाको सेन्टर फर डिलीज कन्ट्रोल एण्ड प्रिभेन्सनका डाइरेक्टर जनरल इउन किओंगका अनुसार ड्यागुमा उनीहरुको परिक्षणका लागि अर्काे टिमलाई पठाईएको छ ।

यसमा यो भन्दा अगाडि जापानका एक्सपर्टले चिन्ता देखाउँदै भनेका थिए, बिरामी फेरी पनि संक्रमित हुन सक्दछन् । किनभने जापानमा पनि एक महिला र एक पुरुषमा फेरी पनि पोजेटिभ पाइएको थियो ।

लीड्स युनिभर्सिटीमा वायरोलोजिका प्रोफेसर मार्क ह्उारिसले भने, संक्रमितहरुमा फेरी टेस्ट पोजेटिभ पाइनु चिन्ताको विषय हो । तर उनले भने, यसको सम्भावना कम नै रहेको छ, संक्रमित फेरी संक्रमित भएको हुनसक्छ किनकी उनीहरुले पहिलो पटक इम्युन डेभलप गरेका हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?