मन्दिरमा खाने पानीको धारा जडान हुँदा स्थानीय मख्ख

धनगडी, २३ माघ – धनगढी उपहानगरपालिका १६ रामपुरमा पर्ने बेहडाबाबा मन्दिरमा खाने पानीको उचित व्यवस्था हुने भएको छ । धनगढी उपमहानगरपालिका र बेहडाबाबा मन्दिर व्यवस्थान समितिले खाने पानी धारा जडानको काम शुरु गरेको छ । बेहडाबाबा मन्दिरमा खाने पानीको अभाव रहेकोमा अब भने पूरा हुने भएको छ बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको पहलमा मन्दिर क्षेत्रको विभिन्न क्षेत्रमा धारा जडान हुने भएका छन । मन्दिरमा खाने पानीको व्यवस्था हुने भएपछि मन्दिर क्षेत्रका स्थानीयहरू उत्साहित बनेका छन् । लामो समय देखि टाढाबाट हातेपम्पको पानी प्रयोग गर्दै आएकोमा अब मन्दिर क्षेत्रमा नै पानी उपलब्ध हुने भएपछि उत्साहित भएका मन्दिरको हेरचाह गर्दै आएका कल्मनीया रानाले बताएका छन् मन्दिर व्यवस्थापन समितिले धारा जडानका लागि बोरिङ समेत गाड्ने काम पूरा भइसकेको छ । पाँच लाख सत्तरी हजार उपमहानगरपालिका र ३ लाख मन्दिर व्यवस्थापन समितिले लगानी गरेको  समितिका सचिव पदमजार जोशीले बताए । मन्दिरलाई उक्त क्षेत्रमा धार्मिक रुपमा पनि महत्त्वका साथ लिँदै आइएको छ । बेहडाबाबा मन्दिरमा फागुनमा पर्ने शिवरात्रीको समयमा मेलाको लागि अहिले नै व्यवस्थापन गरिएको पदमराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?