गगन अयडीधनगढी, २३ माघ – कैलालीका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य केन्द्रहरुमा गुणस्तरीय सेवा प्रदान गर्न समस्या भएको छ जिल्लामा ३ सय ३९ जनाको दरबन्दी रहेको कैलालीमा अझै २४ जना स्वास्थ्यकर्मीको पद रिक्त छ । स्थानीय तहअन्तर्गत सञ्चालनमा आएका शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट पनि कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ जिल्लाका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको हो । जिल्लाका स्वास्थ्य केन्द्रहरुका लागि ३ सय ३९ जनाको दरबन्दी रहेको छ । तर हाल ३ सय १५ जना मात्रै दरबन्दीमा काम गरिरहेका छन् । अझै दरबन्दीमा २४ जना स्वास्थ्यकर्मी अभाव रहेको छ दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जिल्लाका स्वास्थ्य संस्थाहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले जानकारी दिनुभयो हाल जिल्लामा ४ प्राथमिक स्वास्थ्य केन्द्र, ३७ वटा हेल्थपोस्ट, १६ वटा शहरी स्वास्थ्य केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । यी स्वास्थ्य केन्द्रहरुमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव रहेको छ । जिल्लाको जनसंख्या बृद्धि हुँदै गएको अवस्थामा सोहीअनुसार दरबन्दी थपिनुको सट्टा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु पनि उपस्थित हुन सकेका छैनन् स्थानीय सरकार आएपछि जिल्लामा शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । तर, कर्मचारी अभावमा त्यहाँबाट प्रभावकारी सेवा दिन नसकिने अवस्था रहेको जनस्वास्थ्य प्रमुख चापागाईंले बताए । जिल्लामा स्वास्थ्य सेवा दिनका लागि सरकारले स्वास्थ्य संस्थाहरु संचालन गरेको भएपनि दरबन्दी रिक्त हुँदा स्थानीयवासीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । संस्थाहरुमा पर्याप्त स्वास्थ्यकर्मी भए यहाँका स्थानीयहरुले निजी क्लिनिकको महंगो सेवाबाट केही राहत हुने आशा व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया