राष्ट्र संघले भन्यो, सिरियामा रासायनिक हतियारको प्रयोग भएको आशङ्का छ

जेनेभा, स्वीट्जरल्याण्ड, २३ माघ – सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रसायनिक हतियारको प्रयोग गरेको पाइएको भन्ने विभिन्न क्षेत्रबाट गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघ युद्ध अपराध अनुसन्धान अधिकारीले मङ्गलबार बताएका छन् सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, “हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै रिपोर्ट पाएका छौँ । यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ ।”क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी घौटामा प्रयोग भएको रिपोर्ट आएपछि छानविन शुरु गरेको राष्ट्रसंघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?