एनसीएचएलले गर्यो क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले बैंकको चेक क्लियरिङ्ग गर्ने समय थप गरेको छ ।

एनसीएचएलले ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने जनाएको हो ।

ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग रेगुलर सेसनमा दिनको १स्३० बजे सम्म जम्मा गरिएका चेकहरु र अन्तरबैंक भुक्तानी प्रणालीमा दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने भएको छ । उक्त समय सीमा पछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने एनसीएचएलले जानकारी गराएको छ ।

लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म ११स्३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?