काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ दिन प्रतिदिन विश्वमा कोरोनाको हमला बढी नै रहेको छ । कोरोनाको विषयलाई लिएर वैज्ञानिकहरुले फरक फरक रिसर्च गरिरहेका छन् ।
कोरोना भाइरसको लक्षण जाडो, खोकी, श्वासप्रश्वासमा समस्या तीव्र ज्वरो, घाँटी दुख्ने आदि हुन्छन् । तर यो बाहेक पनि अमेरिकाका वैज्ञानिकहरुले अर्को दाबी गरेका छन् ।
उनीहरुले श्वास फेर्दा तथा बोल्दा पनि कोरोना भाइरस फैलिने आफ्नो रिसर्चबाट पत्ता लागेको दाबी गरेका छन् ।
नेशनल इन्स्टीट्यूट अफ हेल्थका इन्फेक्सन डिलीजका प्रमुख एन्थोनी फोन्सीले अमेरिकाको न्युज च्यानलमा, ‘हालै मात्र शोधबाट पत्ता लागेको सूचनाका आधारमा यो कुरा साम्ने आएको हो कि, कफ र खोकी बाहेक पनि भाइरस कुराकानी गर्दा र श्वास फेर्दा समेत संक्रमण फैलिन सक्छ ।’
एथोनी फोन्सीले बिरामीका साथै आम मानिसहरुले पनि मास्क लगाउन अनिवार्य रहेको बताएका छन् ।
यो भन्दा पहिला नेशनल एकेडेमी अफ साइन्सेज (एनएएस) ले पनि ह्वाईट हाउसलाई एक चिठी लेख्दै रिसर्चको बारेमा बताएको थियो । तर एनएएसले आफ्नो सोधमा कोरोनाको संक्रमण श्वास फेर्दा तथा कुराकानी गर्दा समेत भाइरस एरोसोलाइजेशन हुन सक्ने बताएका छन् । साथै भाइरसको संक्रमण हावामा पनि फैलिन सक्ने बताएका छन् ।
यो भन्दा अगाडि अमेरिकी स्पास्थ्य एजेन्सीले पनि कोरोना भाइरस संक्रमितहरुले हाच्छ्युँ गर्दा तथा खोक्दा पनि सर्ने बतएको थियो ।
खोक्दा तथा हाच्छ्युँ गर्दा निस्किएका छिटाहरुबाट फैलिने र ति छिटाहरु आकारमा लगभग एक मिलिमिटरका हुने न्यु इंग्ल्याण जर्नल अफ मेडिसनमा प्रकाशित एक रिपोर्टमा बताइएको थियो ।
रिपोर्टमा एसएआरएस सीओभी-२ भाइरस एरोसोल बन्न सक्ने र हावामा तीन घण्टासम्म रहने बताएका थिए ।
तर अहिले वैज्ञानिकहरुले यस स्टडीको आलोचना पनि गरेका छन् । केहि वैज्ञानिकहरुले यस अध्ययनका लागि रिसर्च टिमले नेबुलाईजर मेसिनको प्रयोग गरेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया