यस्तो छ २०७६ चैत २८ गते शुक्रवारको राशिफल

वि.सं. २०७६ चैत्र २८ गते । शुक्रबार । इ.स.२०२० अप्रिल १० तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । वैशाख कृष्णपक्ष । तिथी– तृतीया,२६ बजेर ०९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– विशाखा,२६ बजेर २३ मिनेट उप्रान्त अनुराधा । योग– बज्र,०९ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण– वणिज,१५ बजेर ०९ मिनेट उप्रान्त भद्रा,२६ बजेर ०९ मिनेट उप्रान्त बव । आनन्दादिमा मातंग योग । चन्द्रराशि–तुला,२० बजेर ४२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ४६ मिनेटमा, सूर्यास्त १८ बजेर २५ मिनेटमा । दिनमान ३१ घडी ३७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानि डुव्ने खतरा रहेको छ । सानो बिषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउँन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): अध्ययनमा मन जाने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । सत्रु परास्त हुनेछन् । प्रयन्न गर्दा पुराना ऋण,रोग तथा सत्रुबाट छुटकाारा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): पढाइ लेखाइमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा घाटा लाग्नेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउँन सहज हुनेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): सजक नबन्दा आफन्त टाढिनेछन् । व्यापारमा मन्दी आउँने भएपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नुनै उत्तम हुनेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): पराक्रमी तथा पुरुषार्थी काम गरी नाम कमाउँन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । प्रेमिल जोडीहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): व्यापार व्यावसायमा घाटा लाग्नेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग गर्न सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायि रहनेछ । तरपनि सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?