साउदी राजपरिवारका १ सय ५० सदस्यमा कोरोना संक्रमण

काठमाडौं । साउदीका राजपरिवारका १५० सदस्यमा कोरोनाको संक्रमण भएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार साउदी अरबको राजपरिवारमा कोरोना संक्रमण भएको छ ।

साउदी राजा सलमान र क्राउन प्रिन्स मोहमद बिन सलमान आइसोलेसनमा बसिरहेको समाचारमा उल्लेख गरिएको छ ।

राजपरिवारमा कोरोनाको संक्रमण भएपछि किंग फैसल स्पेसलिष्ट अस्पतालका शाही डाक्टरहरु उपचारमा लागेको बताइएको छ ।

कोरोना भाइरस अहिले विश्वभर तिब्रगतिमा फैलिएको छ । कोरोनाको संक्रमण आम मानिसदेखि उच्च तहका व्यक्तिमा समेत फैलिएपछि यसबाट कोहिपनि सुरक्षित छैन भन्ने संदेश गएको छ ।

समाचारमा ७० बर्षिय साउदी राजकुमार फैसल बिन भण्डार बिन अब्दुलजीज अल साउद संक्रमित भएको तथा उनको आइसीयुमा उपचार भइरहेको उल्लेख गरिएको छ । साउद राजधानी रियादका गभर्नर समेत रहेका समाचारमा जनाइएको छ ।

अस्पतालमा राजपरिवारका सदसस्य संक्रमित भएमा उपचारका लागि अलग्गै ५ सय बेड तयार गर्न लागिएको बताइएको छ ।

३ करोड ३० लाख जनसंख्या रहेको साउदीमा अहिलेसम्म ३ हजार २ सय ८७ संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै संक्रमणबाट ४४ जनाले ज्यान गुमाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?