काठमाडौं । पारिजातको फूल अर्थात् अंग्रेजीमा यसलाई नाइट जस्मिन् भन्ने गरिन्छ । यसको चमत्कारीक फाइदाहरुको बारेमा सायदैलाई मात्र थाहा होला । आज हामी पारिजातका बारेमा ५ चमत्कारि फाइदाहरु तपाईलाई जानकारी दिनेछौँ ।
१. पौराणिक मान्यत अनुसार पारिजातको वृक्ष स्वर्गबाट धर्तीमा ल्याइएको थियो । नरकासुर दैत्यको वध गरेपछि एक पटक भगवान श्रीकृष्ण स्वर्गमा गएका थिए । त्यहाँ ईन्द्रले भगवानलाई पारिजातको फूलले स्वागत गर्दै आरती उतारेका थिए ।
त्यहि फूल भगवानले देवी रुक्मिणीलाई दिए । देवी सत्यभामालाई देवलोकमा देवमता अदितीले चिरयौवनको आशिर्वाद दिएकी थिइन् ।
त्यहि बेला नारद मुनी त्यहाँ आए र उक्त फूलको प्रभावले देवी रुक्मिणी पनि चिरयौवन भएको कुरा बताए । त्यो थाहा पाएपछि सत्यभामा क्रोधित भएर श्रीकृष्णसँग पारिजात आफूलाई दिन जिद्दी गर्न थालिन् । भनिन्छ पारिजात वृक्ष समुन्द्र मन्थन गर्दा उत्पत्ति भएको थियो ।
२. पारीजातको फूलले तपाईको जीवनमा तनाव हटाउने काम गर्दछ । र त्यसको वास्नाले नै मनमा खुशी ल्याउँदछ । साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।
३. पारिजातको यो फूल मात्र राति नै फुल्दछ । विहन हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।
४. हरिवंश पुराण्मा उल्लेख भए अनुसार पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव छ ।
५. १५ देखि २० वटा फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने विश्वास रहेको छ । यो कुरा हामी होइन, आयुर्वेदिक डाक्टरहरुको भनाई छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया