हेर्नुहोस् २०७६ साल चैत्र २९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २९ गते । शनिवार । इ.स.२०२० अप्रिल ११ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

वैशाख कृष्णपक्ष । तिथी– चतुर्थी,२४ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अनुराधा,२५ बजेर २० मिनेट उप्रान्त ज्येष्ठा । योग– सिद्धि,०६ बजेर ५१ मिनेट उप्रान्त व्यातिपात ।

करण– बव,१३ बजेर १३ मिनेट उप्रान्त वालव,२४ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ४५ मिनेटमा, सूर्यास्त १८ बजेर २६ मिनेटमा । दिनमान ३१ घडी ४१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ ।

प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन मध्यम रहेको छ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा घाटा हुनेछ । साथीभाई तथा जीवन साथीको सहयोग नपाईदा कामहरु बीचमा नै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेको छ । अध्ययनमा मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् ।

प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्तहरु टाडिने तथा पतीपत्निविच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैयाँ कमाउन सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाती रहनेछन् ।

सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ ।

पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ ।

अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ ।

पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक तथा परोपकारी काममा समय व्यतित हुनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको साथमा दिन व्यातित हुनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेको छ ।

सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?