बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ ले आफ्नो वडामा भएका सम्पुर्ण दलित, गैरदलित तथा अति विपन्न परिवारको विद्युत महशुल वडाले नै तिरिदिने भएको छ ।
आफ्ना वडामा रहेका आगरिकहरुको ३ महिनाको विद्युत महशुल भुक्तानी गरिदिन लागेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यतिवेला देश लकडाउनको अवस्थामा रहेको छ ।
लकडाउनमा रहेका नागरिकहरुलाई राहत स्वरुप विद्युत महशुल भुक्तानी गरिदिन लागेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया