रिसर्चबाट पत्ता लाग्यो ठूलो रहस्य : विश्वमा तीन प्रकारका कोरोनाले मच्चायो महामारी

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्वमा हाहाकार मच्चिएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा १ लाख २ हजार ७४१ जनाको मृत्यु भएको छ भने, १६ लाख ९९ हजार ८१५ जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै ३ लाख ७६ हजार ५०० जना उपचार पछि निको भएका छन् । कोरोना भाइरस अहिले विश्वका २१० देशहरुमा तीव्र गतिमा फैलिरहेको छ ।

यसैबीच कोरोना भाइरसलाई लिएर एक नयाँ कुरा पत्ता लागेको छ । एक शोधका अनुसार विश्वभर महामारीको रुप लिएर फैलिएको कोराना भाइरस विश्वमा एक प्रकारको मात्र नभएर तीन प्रकारको भएको तथ्य अनुसन्धानबाट पत्ता लागेको छ ।

वैज्ञानिकहरुले उक्त तीन प्रकारका भाइरसलाई तीन भाग लगाएका छन् । उनीहरुले उक्त तीन कोरोना भाइरसलाई ‘टाइप ए’, ‘टाइप बी’ र ‘टाइप सी’ क्याटेगरीमा राखेका छन् ।

शोधमा अर्को  कुराको पनि खुलासा भएको छ । अमेरिकाको न्युयोर्कमा फैलिएको कोरोना युरोपबाट आएको कुरा पत्ता लागेको हो ।

त्यस्तै अमेरिकाकौ अर्काे भागमा भने पश्चिम चीनबाट आएको कोरोना भाइरसले महामारी मच्चाएको शोधबाट पत्ता लागेको छ ।

क्याब्रिज युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार, सारा विश्वमा तीन प्रकारका कोरोना भाइरसले ग्रस्त बनाएको कुरा पत्ता लागेको हो । यो शोध अमेरिकाको माउण्ट सिनाई अस्पतालको जीनोममा आधारित छ ।

यी हुन् तीन प्रकारका कोरोना भाइरस

डेली मेललका अनुसार, शोधकर्ताहरु भन्छन् कि, भाइरस सबैभन्दा पहिला चमेरोबाट प्यांगोलिन जस्तो कुनै जनावरमा फैलिएको थियो ।

त्यसपछि बिस्तारै-बिस्तारै मीट मार्केटमा जोडिएर चीनको वुहान शहरसम्म पुग्यो र त्यसपछि मानिसहरुमा यसले आफ्नो प्रकोप बिस्तार गर्न शुरु गर्याे ।

यस प्रकारबाट फैलिएको कोरेना भाइरसलाई वैज्ञानिकहरुले ‘टाइप ए’ बताएका छन् । उक्त भाइरस चीनमा धेरै समय नरहेको र मानिसहरुको माध्यमबाट जापान, अष्ट्रेलिया र अमेरिकामा फैलिएको वैज्ञानिकहरुको दाबी छ । भाइरस क्रिसमसबाट फैलिएको हुनसक्ने पनि उनीहरुले बताएका छन् ।

शोधकर्ताहरुले ‘टाइप बी’ भाइरस ‘टाइप ए’ कै बदलिएको रुप भएको दाबी गरेका छन् । जसको कारण चीनमा हजारौँ मानिसहरुको मृत्यु भएको थियो ।

‘टाइप बी’ भाइरस युरोप, दक्षिण अमेरिका र क्यानडासम्म पुगेको उनीहरुले बताएका छन् । उक्त भाइरसले अमेरिका र युरोपमा अहिले महामारी फैलाईरहेको छ ।

‘टाइप सी’ प्रकारको भाइरस सिंगापुर, इटाली र हङकङ्ग फैलिएको र हजारौँ मानिसहरुको यसले ज्यान लिएको छ ।

शोधकर्ताहरुका अनुसार अमेरिकामा धेरैजसो मानिसहरु ‘टाइप ए’ भाइरसबाट संक्रमित भएको वैज्ञानिकहरुको दाबी छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?