सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स, यस्तो भयो कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो मार्फत कुराकानी गरि जानकारी लिएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लिएको रणनीतिको बारेमा प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो मार्फत कार्य प्रगतिको बारेमा जानकारी लिएका हुन् ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्स गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

भिडियो कन्फेरेन्सका क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रधानमन्त्रीलाई स्थितिबारे जानकारी गराएका छन् । साथै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कुरा हुने क्रममा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?